राजस्थान प्लेअफको होडबाट बाहिरियो ,मुम्बई शीर्षमा

शुक्रबार, वैशाख १९, २०८२

काठमाडौँ :मुम्बई इन्डियन इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार राती भएको खेलमा राजस्थान रोयल्सलाई १०० रनले पराजित गर्दै मुम्बई शिर्षमा पुगेको हो । जितकालागि २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा अलआउट हुँदै ११७ रनमा समेटियो ।

राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन जोडे । कप्चान रियान परागले १६ तथा शुभव दुवेले १५ रन बनाए । राजस्थानलाई सस्तैमा समेट्ने क्रममा  करण शर्मा र  ट्रेन्ट बोल्टले समान ३ विकेट लिए । जसप्रित बुमराहले दुई विकेट हात पारे । 
यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले दुई विकेटको क्षतिमा २१७ रन बनाएको थियो । उसकालागि  रेन रिकेल्टनले सर्वाधिक  ६१ रन जोडे । रोहित शर्माले ५३ रन जोडे । सूर्य कुमार यादव र हार्दिक पाण्डेले समान ४८–४८ रन जोडे । 
जितसंगै मुम्बई १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने राजस्थान  प्लेअफको होडबाट बाहिरिएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०६:०७
प्रतिक्रिया दिनुहोस्