५ पटकको च्याम्पियन चेन्नई प्लेअफ होडबाट बाहिरियो 

बिहीबार, वैशाख १८, २०८२

काठमाडौँ :चेन्नई सुपर किङ्ग्स इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफको होडबाट बाहिरिएको छ ।

बुधवारराती भएको खेलमा पञ्जाब किङ्ग्ससंग ४ विकेटले पराजित हुँदै चेन्नई प्लेअफबाट बाहिरिएको छ । १९१ रनको लक्ष्य पञ्जाबले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो। किंग्सले चेन्नईलाई आफ्नै घरेलु मैदानमा लगातार तेस्रो खेलमा पराजित गरेको छ।

योसँगै टोली अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ ।  चेपक रंगशालामा पञ्जाबले टस जितेर बलिङ गरिरहेको थियो। युजवेन्द्र चहलले आइपीएलमा दोस्रो पटक ह्याट्रिक लिए।

उनले १९ औं ओभरमा नूर अहमद (०), अंशुल कम्बोज (०), दीपक हुडा (२ रन) र एमएस धोनी (११ रन) लाई आउट गरे। चहलले २०२२ मा कोलकाता विरुद्ध एक ओभरमा ४ विकेट लिएका थिए। साम करनले ८८ रन र डेवाल्ड ब्रेभिसले ३२ रन बनाएका थिए । कप्तान श्रेयस अय्यरले ७२ रन र प्रभसिमरन सिंहले ५४ रन बनाए।

श्रेयस खेलको प्लेयर अफ द म्याच भए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०५:२६
प्रतिक्रिया दिनुहोस्