राजस्थानसंग हारेपछि तेस्रोमा झर्‍यो गुजरात

सोमबार, वैशाख १५, २०८२

काठमाडौँ:इन्डियन प्रिमियर लिग(आईपीएल)मा गुजराज टाइटन्स राजस्थान रोयल्ससंग स्तब्ध बनेको छ ।

सोमवार-राती भएको खेलमा राजस्थानले गुजरातविरुद्द ८ विकेटको शानदार जित निकालेको हो । जितकालागि गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

राजस्थानको जितका १४ वर्षीय वैभव सूर्यवंशी र यशस्वी जैशवाल नायक बने । पहिलो विकेटकालागि यी दुवैले १६६ रनको किर्तिमानी साझेदारी खेले । यो किर्तिमान आर्एपिएलमा अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

सूर्यवंशीले शतकिय पारी खेल्दै १०१ रन जोडे । उनी आएपिएलमा शतक हान्ने सबैभन्दा कान्छा खेलाडी बने । उनले ३५ बलमा शतक प्रहार गरेका हुन् । जैशवालले अविजित ७० रन बनाए । कप्तान रियान परागले ३२ रन जोडे ।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०९ रन बनाएको थियो । उसकालागि कप्तान शुभमन गिलले सर्वाधिक ८४ रन बनाए । साई सुदर्शनले ३९ तथा जस बटलरले ५० रन जोडे ।

जितसंगै राजस्थान एक स्थानमाथि उक्लदैँ ८ औँ स्थानमा पुग्दा दोस्रो स्थानको गुजरात तेस्रो स्थानमा झरेको छ । राजस्थानको जितले मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २३:१८
प्रतिक्रिया दिनुहोस्