सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले छैटौँ जित निकालेको छ ।
आइतबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराउँदै मुम्बईले अर्को जित निकालेको हो । जितकालागि मुम्बईले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित ओभरमा १ सय ६१ रनमा अलआउट हुन पुग्यो । उसका लागि आयुष बदोनीले ३५, मिचेल मार्शले ३४, निकोलस पूरनले २७, डेविड मिलरले २४ र रवि विश्नोईले १३ रन बनाए ।
लखनउलाई सस्तैमा समेट्ने क्रममा जसप्रित बुमराहले सर्वाधिक चार विकेट लिए । बुमराहले आइपिएल इतिहासमा सबै भन्दा धेरै विकेट लिने किर्तिमान समेत बनाएका छन् । उनले कूल १७४ विकेट लिउका छन् ।
त्यसअघि वाङ्खडे स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । उसका लागि रायन रिकेलटनले ५८, सूर्यकुमार यादवले ५४, विल ज्याक्सले २९ रन बनाए ।जितपछि मुम्बई १२ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ ।