वर्षाका कारण कोर क्याम्प दोस्रो एक दिवशीय क्रिकेट रद्द

आइतबार, वैशाख १४, २०८२

काठमाडौँ : कोर क्याम्प दोस्रो एक दिवशीय क्रिकेट अन्तर्गत आजका दुबै खेल रद्द भएका छन् ।

वर्षा बाधक बन्दा माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन भईरहेका नेपाल रेड र नेपाल ग्रिन तथा नेपाल यलो र नेपाल ब्लुको खेल रद्द भएको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल यलोले ४८ ओभरमा ओभरमा ८ विकेट गुमाएर २३६ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।


त्यतिबेला सम्म उसकालागि किरण ठगुन्नाले सर्वाधिक ४७ रन जोडे । कुशल भुर्तेलले ४६ तथा कमल सिं ऐरीले ३८ रन बनाए । बिशाल पट्टेलले २२,रुपेश कुमार सिंले २१ रन जोडेका थिए ।

तल्लो मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल ग्रिनले ४६.३ ओभरमा ५ विकेट गुमाएर २८२ रन बनाउँदा वर्षाकाकै कमरण खेल रद्द हुन पुगेको थियो । उसकालागि इशान पाण्डेले शतकिय पारी खेल्दै १०३ रनमा अविजित रहे । दिलिप नाथले ८० तथा अर्जुन कुमालले २८ रन बनाएका थिए ।

शनिवार भएको पहिलाे खेलमा नेपाल रेड र नेपाल यलो विजयी भएका थिए ।


 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्