सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले आफ्नो ध्यान नेपाललाई फेरि विश्वकपमा पुर्याउन केन्द्रित हुने बताएका छन् ।
मुलपानी क्रिकेट मैदानमा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा बोल्दै उनले नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित भएको पनि बताएका थिए । नेपाली युवा खेलाडीको प्रतिभा देखेर आफूले नेपालको प्रशिक्षकका लागि आवेदन दिएको पनि उनले खुलाएका छन् । उनले सवैको मुख्य लक्ष्य नेपाललाई फेरि विश्वकपमा पुर्याउनु भएको र त्यसमा ध्यान केन्द्रित गर्ने बताए ।
नेपालमा व्यावसायिक क्रिकेट संरचना र अभ्यास सुविधा निकै राम्रो देखिएको बताएका उनले अहिले क्रिकेट टिममा व्यापक परिवर्तन भन्दा पनि खेलाडीलाई दिनुपर्ने भूमिकामा स्पष्टता देखिएको जिकिर गरे ।