सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:पाकिस्तान सुपर लिग (पिएसएल)मा इस्लामावाद युनाइटेडले विजयी सुरुवात गरेको छ ।
शुक्रवारराती भएको उद्दघाटन खेलमा लाहोर क्यालेण्डर्सलाई ८ विकेटले हराउँदै इस्लामावादले विजयी सुरुवात गरेको हो । जितकालागि पाएको १४० रनको लक्ष्य इस्लामावादले १७.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
उसकालागि कोलिन मुनरोले नटआउट ५९ तथा सल्मान आगालेल४१ रन जोडे । साहिबजादा फरहानले २५ तथा आन्द्रेस गौसले ४ रन बनाए ।
त्यसअघि राहुलपिण्डीमा टस हारेर पहिले ब्याटिङमा तानिएको लाहोरले १९.२ ओभरमा सवै विकेट गुमाएर १३९ रन बनाएको थियो । उसकालागि अब्दुल्लाह सफीकले ६६ तथा सिकन्दर राजाले २३ रन बनाए ।