सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा चेन्नाई सुपर किङ्सले पाँचौ हार ब्यहोरेको छ ।
शुक्रवार राती भएको खेलमा चेन्नाई कोलकात्ता नाईटराईडर्स (केकेआर)संग ८ विकेटले पराजित भएको हो ।
जितकालागि चेन्नाईले दिएको १०४ रनको सामान्य लक्ष्य केकेआरले १०.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । केकेआरको जितमा सुनिल नरैनले सर्वाधिक ४४ रन जोडे । क्वीनटन डी ककले २३ , कप्तान अजिन्क्या रहानेले नटआउट २० तथा रिंकु सिंले १५ रन बनाए ।
त्यसअघि एम.ए. चिदम्बरम स्टेडियम चेन्नाईमा टस जितेको कोलकात्ताले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा तानिएको चेन्नाईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो ।
उसकालागि शिवम दुवेले सर्वाधिक ३१ रन जोडे । विजय शंकरले २९ तथा राहुल त्रिपाठीले १६ रन जोडे । चेन्नाईले पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन ।
तेस्रो जितसहित केकेआर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा ८ अंक सहित गुजरात टाईटन्स शिर्ष स्थानमा छ । समान अंकको दील्ली क्यापीटल्स दोस्रो तथा ६ अंकको रोयल च्यालेन्जर्स बैंगुलुरु चौथो स्थानमा छ ।