T10 T10

स्पेनी पूर्व फुटबल प्रमुख लुइस पक्राउ

बिहीबार, चैत २२, २०८०
Global

काठमाण्डौँ । भ्रष्टाचारको आरोपमा स्पेनी प्रहरीले पूर्व फुटबल प्रमुख लुइस रुबियाल्सलाई पक्राउ गरेको छरुबियाल्सले स्पेनिस सुपर कप साउदी अरेबियामा सार्नको लागि व्यापार सम्झौतामा भ्रष्टचार भएको भन्दै छानबिन भईरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्पेनिस फुटबल फेडेरेसनका पूर्व अध्यक्ष लुइस रुबियाल्सलाई भ्रष्टाचारको अनुसन्धानको क्रममा पक्राउ गरेको सिभिल गार्डले जनाएको छ । डोमिनिकन रिपब्लिकबाट घर फिर्ता ल्याएको विमानबाट बाहिर निस्केपछि बुधवार उनलाई हिरासतमा लिएर सोधपुछ गरिएको थियो । त्यसपछि उनी रिहा भएका छन् ।

 

रुबियाल्स दुई हप्ता अघि डोमिनिकन रिपब्लिकमा थिए । प्रहरीले ग्रेनाडामा उनको स्वामित्वको सम्पत्ति र म्याड्रिडमा स्पेनी फुटबल संघको कार्यालयमा छापा मारेपनि उनी फर्किएका हुन् । उनीमाथि भ्रष्टाचार र मनी लान्ड्रिंगमा अनुसन्धान जारी छ । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्