hERO hERO

पाँचपोखरी कप फुटबलको उपाधी चौतारालाई

मंगलबार, फागुन २०, २०८१

नवलपुर :जिल्ला स्तरीय प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको छ ।

आज भएको फाइनल खेलमा सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पारजित गर्दै उपाधी चौताराले हात पारेको हो । पेमाथाङ्ग समानता खेलकुद मैदानमा भएको खेलमा निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा पेनाल्टी मार्फत निकालिएको गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिए ।

चौताराले उपाधी सँगै १ लाख रुपैयाँ नगद पाएको छ भने उपबिजेता बनेको सुनकोशीले भने ५० हजारमै चित्त बुझाएको छ । 
सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २–० गोल अन्तरल पराजित गर्दै चौतारा साँगाचोकगढी नगरपालिका फाइनल प्रवेश गरेको थियो भने इन्द्रावती गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुनकोशीले चौतारासँगको फाइन भेट पक्का गरेको थियो ।

पाँचपोखरी थाङ्पालगाउँपालिकाको आयोजना र जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा सञ्चालित १५ फागुन देखि सुरु भएको प्रतियोगितामा जिल्लाभरिका १० टोली सहभागी भएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अझै अयोग्य रह्यो दशरथ रंगाशाला 
मंगलबार, फागुन २०, २०८१

बंगलादेशसंग हार्‍यो नेपाल
मंगलबार, फागुन २०, २०८१