T10 T10

जय ट्रफी एलिट कपको उपाधि पुलिसलाई

बिहीबार, माघ ३, २०८१

काठमाडौं : त्रिभुवन आर्मीफाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज सम्पन्न तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै  पुलिसले उपाधि हात पारेकाे हाे ।

 अन्तिम खेलमा पुलिसले दिएकाे १०३ रनको सामान्य लक्ष्य आर्मीले पूरा गर्न सकेन ।  आर्मी ७४ रनमै अलआउट हुँदा उपाधि चुम्ने  सपना पूरा हुन सकेन ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्