diwpawali diwpawali

१९ वर्षमुनिको महिला विश्वकपको समिकरण पुरा

नेपालले बंगलादेशको सामना गर्ने
सोमबार, मंसिर ३, २०८१

काठमाडौँ :१९ वर्षमुनिको आइसिसी महिला विश्वकपमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ।

एसिया क्षेत्र छनोट अन्तर्गत भएको खेलमा  युएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएसँगै विश्वकप पुग्ने १६ वटै टोलीको टुङ्गो लागेको हो। मलेसियाले आयोजकका रूपमा सिधै विश्वकपमा स्थान बनाएको छ ।

मलेसियासँगै अस्ट्रेलिया,बङ्गलादेश ,इङ्ल्यान्ड ,भारत ,आयरल्यान्ड ,न्युजिल्यान्ड ,पाकिस्तान, दक्षिण अफ्रिका ,श्रीलंका ,वेस्ट इन्डिज ,नेपाल ,नाइजेरिया ,समोआ ,स्कटल्यान्ड र अमेरिकाले विश्वकपमा स्थान बनाएका हुन् ।

विश्वकपमा छनोट भएका १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ।   समूह 'ए' मा भारत,मलेसिया ,श्रीलङ्का र वेस्ट इन्डिज रहेका छन्।

यस्तै समूह 'बी'मा इंग्ल्यान्ड,आयरल्यान्ड ,पाकिस्तान र अमेरिका छन्।

समूह 'सी'मा न्युजिल्यान्ड,नाइजेरिया ,समोआ र दक्षिण अफ्रिका रहेका छन् । समूह 'डी' मा अस्ट्रेलिया, बङ्गलादेश नेपाल र स्कटल्यान्ड छन् । नेपालले आफ्नो पहिलो खेल १८ जनवरीमा बंगलादेशसँग खेल्दैछ। २० जनवरीमा स्कटल्यान्डसँग र २२ जनवरीमा अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

आफ्नो समूहमा रहेका सबै टोलीले एक–अर्कासँग खेल्नेछन् । प्रत्येक समूहका शीर्ष तीन टोलीे सुपर सिक्स लिग चरणमा पुग्नेछन् ।  जहाँ समूह ए बाट छनोट भएका टोलीले समूह 'डी'का दुई छनोट टोलीसँग र समूह 'बी' बाट छनोट भएका टोलीले समूहका दुई छनोट टोलीसँग खेल्नेछन् ।  प्रत्येक सुपर सिक्स लिगका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन । प्रतियोगितामा कूल ४१ खेलहरु हुनेछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्