T10 T10

आगामी वर्ष खेलकुद बजेट वृद्धि हुन्छ –खेलकुदमन्त्री श्रेष्ठ

बुधबार, चैत २१, २०८०
Global

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको बजेट अपर्याप्त रहेको भन्दै आगामी वर्ष बजेटमा वृद्धि हुने आशा व्यक्त गरेका छन् ।
काठमाण्डौँ ःराष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवको अवसरमा बुधवार मन्त्री श्रेष्ठले खेल क्षेत्रका विकासका लागि अनेकन स्थानबाट बजेट माग हुँदै आएपनि सो अनुरूप निकासा या परिपूर्ति गर्ने अवस्था नरहेको बताए ।

तथापि, आगामी वर्षको बजेटमा भने वृद्धि हुने प्रधानमन्त्री पुष्पकमल दाहालबाट विश्वास प्रदान भएको मन्त्री श्रेष्ठले जानकारी दिए । साथै अब खेलाडीहरूले पाउनुपर्ने पुरस्कार पनि छिट्टै निकासा गर्न प्रधानमन्त्रीबाट निर्देशन भइसकेको उल्लेख गर्दै त्यसप्रति आभार व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्र राष्ट्रिय एकता र पहिचानको माध्यम रहेको धारणा राखेका हुन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्