विश्वकप लिग–२

नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हरायो

बुधबार, कात्तिक १४, २०८१

काठमाडौँ :आईसीसी  विश्वकप लिग–२ मा नेपालले पहिलो जित निकालेको छ ।

आज बिहान सकिएको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराउँदै त्रिकोणात्मक सिरिजमा पहिलो जित निकालेको हो । जितकालागि स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य नेपालले २९.५ ओभरमा ५ विकेट गुमाएर भेटायो । नेपालको जितमा आरिफ शेखले नटआउट ५१ रन जोडे । कुशल भुर्तेल र गुल्शन झाले २५ २५ रन बनाउँदा आशिफ शेखले २१ तथा अनिल शाहले १३ रन जोडे ।

त्यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेयरी स्टेडियममा  टस जितेर नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले बलिङ गर्ने निर्णय लिएपछि  पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ४१.४ ओभरमा सवै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । उसकालागि मार्क वाटले सर्वाधिक ३४ रनको योगदान गरे ।

माइकल जोन्स र कप्तान रिची बेरिंगटनले १९ –१९ रन बनाए । ब्रान्डन म्याकमुलेनले १६ रन जोडे ।स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।करण केसी ,सोमपाल कामी र गुल्शन झाले समान दुई–दुई विकेट हात पारे ।

अमेरिका,स्कटल्याण्ड र नेपालल सम्मिलित सिरजको पहिलो खेलमा नेपाल अमेरिकासंग ३ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डले पहिलो खेलमा अमेरिकालाई दश विकेटले हराएको थियो । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्