ADD FOR WEBSIDE ADD FOR WEBSIDE

फाइनलमा पुग्न आज भारतलाई हराउनै पर्ने दबाबमा नेपाल

आइतबार, कात्तिक ११, २०८१

काठमाडौँ : साफ महिला च्याम्पियनसिप फुलबलको सेमिफाइनलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतविरुद्धको खेल नेपालकालागि गर या मर को अवस्थामा छ । छैटौँ सस्करणसम्मको खेलमा नेपाल पाँच पटक फाइनलमा पुगेपनि भारत तगारो बनिरहेको छ । पाँच ओटै फाइनलमा नेपाल भारतसंग पराजित हुँदा उपाधि चुम्ने सपनामा धक्का लाग्दै आएको छ । नेपाललाई घरेलु मैदानमा भारतलाई हराउँदै फाइनल पुग्ने सुनौलो अवसर पनि छ । दक्षिण एसियामा शक्तिशाली मानिएको भारत पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहान्छ ।

May be an image of 4 people, people playing soccer, people playing football and text

अहिले सम्म भारतले पाँच पटक उपाधि चुमिसकेको छ । नेपाल र भारतबीचको खेल आज साँझ ६ः३० बजे त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा हुनेछ । समुह चरणको अन्तिम खेलमा श्रीलंकामाथि ६–० को जित निकाल्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । 

May be an image of 4 people, people playing soccer, people playing football and text

त्यसअघि दिउँसो १ः३० बजे हुने पहिलो सेमिफाइनलमा बङगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तो छ अहिले सम्म भएका साफ च्याम्पियन्ससीपको फाइनल खेलको नालीबेली : 

-सन् २०१० मा बंगलादेशमा आयोजना भएको साफ महिला च्याम्पियनसिपको पहिलो संस्करणमा भारतले नेपाललाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

-सन् २०१२ मा श्रीलंकामा भएको  दोस्रो संस्करणमा नेपाल फेरि फाइनलमा भारतसंगै पराजित भएको थियो । उक्त खेलमा नेपाल भारतसंग ३-१ ले पराजित भएको थियो । 

-सन् २०१४ पाकिस्तानमा भएको खेलमा नेपाल भारतसंग फाइनलमा ६-० गोलले पराजित भएको थियो । 

-सन् २०१६ मा भारतमा भएको प्रतियोतिामा भने नेपाल फाइनल सम्म पुग्न सकेन । उक्त खेलको फाइनलमा बंगालादेशलाई ३-१ हराउँदै भारतले उपाधि कब्जा गरेको थियो । 

-सन् २०१९ मा भने पाँचौ सस्करणको प्रतियोगिता आयोजनाको जिम्मा नेपालले पायो । उक्त खेलमा फाइनलमा पुगेको नेपाल फेरि भारतसंग ३-१ गोलले पराजित भएको थियो । 

-सन् २०२२ मा घरेलुमैदानमै भएको खेलमा नेपाल फाइनलमा बंगलादेशसंग फाइनलमा चुक्न पुग्यो । उक्त खेलमा नेपाल ३-१ ले पराजित भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्