T10 T10

बाबर आजम सहित ३ पाकिस्तानीले ग्लोबल टी–२० खेल्न नपाईने 

शनिबार, साउन ५, २०८१
Global

एजेन्सी : पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका कप्तान बाबर आजमसहित तीन खेलाडीलाई फ्रेन्चाईजी लिग खेल्न प्रतिबन्ध लगाईएको छ।

आगामी आठ महिनामा राष्ट्रिय टिमको व्यस्त तालिका भएकोले उनीहरुलाई कुनै पनि फ्रेन्चाईजी लिग खेल्न नसदने भएको हो । पाकिस्तान क्रिकेट बोर्डले आजम सहित शाहिन शाह अफ्रिदी र मोहमद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी–२० खेल्न रोक लगाएको हो ।

तिन खेलाडीले मागेको नो अब्जेक्सन पत्र दिन बोर्डले अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

आगामी आठ पहिनामा पाकिस्तानले १४ एकदिवसीय, ९ टी–२० र ९ टेस्ट खेल खेल्ने तालिका छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्