सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्ससामु जितकालागि १५१ रनको लक्ष्य दिएको छ ।
वर्षाका कारण मैदान भिजेपछि झण्डै साँढे २ घण्टा ढिला सुरु भएको खेललाई ११ ओभरमा छुट्टाईएको थियो । गुवाहाटीमा टस हारेर पहिले ब्याटिङमा तानिएको राजस्थानले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १५० रन बनाएको ।
उसकालागि यशस्वी जैसवालले अर्धसतकिय पारी खेल्दै सर्बाधिक ७७ रनको योगदान गरे । वैभव सुर्यवंशीले ३९ रन बनाए । यी दुई ओपनरले पहिलो विकेटकालागि ८० रनको साझेदारी गरे । पहिलो विकेटका रुपमा सुर्यवंशी ३९ रनमा तिलक वर्माको हातबाट क्याच आउट हुन पुगे । ध्र्रुब जुरेल २ रनमा एलबीडब्लुमा परे । कप्तान रियान परागले २० रन जोडे ।
बलिङतर्फ एएम गजनफरले २ तथा सार्दुल ठाकुले एक विकेट लिए ।
पाँच पटकको आएपिएल विजेता मुम्बई छैटौ उपाधि जित्ने लक्ष्यमा छ । सन् २००८ यता राजस्थान उपाधि विहिन छ ।