ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारतिय क्रिकेटकाे मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त

मंगलबार, असार २५, २०८१

एजेन्सी : भारतिय राष्ट्रिय क्रिकेट टाेलीकाे मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् ।
 मुख्य प्रशिक्षक पदका लागि  गम्भीरले भारतीय महिला क्रिकेट टोलीका पूर्व प्रशिक्षक डब्ल्यूभी रमनसँग प्रतिस्पर्धा गरेका थिए  ।  अन्ततः, गम्भीर मुख्य प्रशिक्षककाे दौडमा विजयी भएका हुन् । 
उनले जुलाईको अन्त्यमा श्रीलंका भ्रमणमा भारतिय टाेलीकाे मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले यसको पुष्टि गरेका छन् । 
 गम्भिर आफैंले पनि मुख्य प्रशिक्षक बनेको प्रतिक्रिया दिएका छन् ।  उनले भारत आफ्नो पहिचान भएको र देशको सेवा गर्नुभन्दा ठूलो सम्मान हुन नसक्ने बताएका छन् ।  उनले  भनेका छन् , जब-जब भारतिय  टाेली मैदानमा उत्रन्छ, भारतीय समर्थकहरुले त्यसमा गर्व महसुस गर्छन् भन्ने उद्देश्य राखेर अगाडि बढ्ने छु ।

 गम्भीर २००७ काे टी-२०  विश्व कप र सन् २०११ काे  एकदिवसीय विश्वकप टोलीको एक हिस्सा थिए।  यसबाहेक उनले आफ्नो कप्तानीमा कोलकाता नाइट राइडर्सलाई २०१२ र २०१४ मा आईपीएल च्याम्पियन बनाएका थिए।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्