हैदराबादद्वारा पञ्जावसामु २२० रनको लक्ष्य

शनिबार, चैत २८, २०८२
Global

काठमाडौँ :अभिषेक शर्मा र ट्राभिष हेडको बिस्फोटक ब्याटिङमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्ससामु २२० रनको लक्ष्य दिएको छ ।

चण्डीगढमा टस जितेर पञ्जाबले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाएर २१९ रनको विशाल लक्ष्य खडा गर्यो । उसकालागि अभिषेक शर्माले सर्वाधिक ७४ तथा ट्राभिष हेडले ३८ रन बनाए । पहिलो विकेटका लागि यी दुई जोडील१२० रनको साझेदारी गरे । हेनरी क्लेसनले ३९, कप्तान इशान किसानले २७ रन बनाउँदा अनिकेत वर्माले १८ जोडे । 
बलिङतर्फ सशांक सिंले दुई तथा अर्शदिप सिं र शसांक सिंले समान २-२ विकेट लिए । दोस्रो स्थानको पञ्जाव आज जित निकाल्दै शीर्ष स्थानको राजस्थानसंग १ अंकको दुरी कायम राख्ने दाउमा छ ।

छैटौँ स्थानको हैदराबादपनि पञ्जावलाई हराउँदै अंकतालिकामा परिवर्तन गर्न चाहन्छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्