सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:न्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार दुईवटा खेलहरू हुँदैछन्।
दिनको पहिलो खेलमा पञ्जाब किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ। पञ्जाबको घरेलु मैदान मुल्लानपुर (नयाँ चण्डीगढ) मा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। हालसम्म यी दुई टोलीबीच भएका २४ भेटमा हैदराबादले १७ र पञ्जाबले ७ खेल जितेका छन्।
आजै हुने दोस्रो खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ। चेन्नईको घरेलु मैदान एम. चिदम्बरम स्टेडियममा हुने यो खेल राति ७ः४५ बजे सुरु हुनेछ। चेन्नई र दिल्लीबीच हालसम्म ३१ खेल भएका छन्, जसमा चेन्नईले १९ र दिल्लीले १२ खेल जितेका छन्।
अंक तालिकामा आफ्नो स्थिति सुधार गर्न आज चारै टोलीका लागि जित महत्त्वपूर्ण रहेको छ। दुवै खेलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स च्यानल र जियो सिनेमा एपमा उपलब्ध हुनेछ।