सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल)मा रोमाञ्चक जित निकालेको छ ।
बुधवार राती भएको खेलमा चौथो स्थानको दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै गुजरातले प्रतियोगितामा पहिलो जितको स्वाद चाखेको हो । जितकालागि गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०९ रन माम बनाउन सक्यो ।
उसकालागि केएल राहुलले ९२ रनको इनिङ खेलेपनि जितकालागि पर्याप्त हुन सकेन । डेभिड मिलर र पाथुम निसान्काले ४१–४१ रनको योगदान गरे । बलिङतर्फ राशिद खानले ३ तथा प्रशिद्ध कृष्णले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको गुजरातले निर्धारित ओभरमा ४ विकेट गुमाएर २१० रन बनायो । उसकालागि तीन खेलाडीले अर्धसतक प्रहार गरे । कप्तान शुभमन गिलले सर्वाधिक ७० , वाशिङटन सुन्दरले ५५ तथा जोश बटलरले ५२ रनको योगदान गरे । ग्लेन फिलिप १४ रनमा अविजित रहँदा साइ सुदर्शन १२ रनमा समेटिए ।
बलिङतर्फ मुकेश कुमारले २ विकेट लिए । हारसंगै चौथो स्थानको दिल्ली शीर्ष दुईमा पुग्नबाट बञ्चित भएको छ ।
जितसगै गुजरात अंक तालिकाको छैटौ स्थानमा उक्लिएको छ ।