गुजरातले दियो दिल्लीलाई २११ रनको लक्ष्य 

बुधबार, चैत २५, २०८२
Global

काठमाडौँ :तीन खेलाडीले अर्धशतक प्रहार गरेपछि इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्ससामु जितकालागि २११ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा तानिएको गुजरातले निर्धारित ओभरमा ४ विकेट गुमाएर २१० रन बनायो । उसकालागि कप्तान शुभमन गिलले सर्वाधिक ७० , वाशिङटन सुन्दरले ५५ तथा जोश बटलरले ५२ रनको योगदान गरे । ग्लेन फिलिप १४ रनमा अविजित रहँदा साइ सुदर्शन १२ रनमा समेटिए । बलिङतर्फ मुकेश कुमारले २ विकेट लिए ।

चौथो स्थानको दिल्ली आज गुजरातलाई हराउँदै शीर्ष दुईमा पुग्ने दाउमा छ । गुजरात पनि आज जितको खाता खोल्दै अंक तालिकामा सुधार ल्याउन चाहान्छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्