सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आईपीएलको १० औं खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराउँदै सिजनको पहिलो जित हात पारेको छ। हैदराबादले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ।
हैदराबादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको उक्त खेलमा लखनउले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनायो। १५७ रनको लक्ष्य पछ्याएको लखनउले १९.५ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्यो।
लखनउको जितमा कप्तान ऋषभ पन्तले कप्तानी इनिङ खेल्दै ५० बलमा अविजित ६८ रन बनाए। त्यस्तै एडन मार्क्रमले २७ बलमा ४५ रनको योगदान दिए। बलिङतर्फ हैदराबादका हर्ष दुबेले २ विकेट लिए भने ईशान मलिंगा र शिवाङ कुमारले समान १-१ विकेट झारे। खेलका दौरान ईशान किशनले निकोलस पुरनलाई रन आउट गराएका थिए।