T10 T10

ट्रम्पको भाषणमा ताली बजाएपछि मेस्सीको आलोचना

शुक्रबार, फागुन २२, २०८२
Global

काठमाडौँ:अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेस्सी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि विवादमा परेका छन्। वाशिङ्टन डिसीस्थित ह्वाइट हाउसमा आयोजित कार्यक्रममा मेस्सी र उनको क्लब इन्टर मियामी टोलीलाई सम्मान गरिएको थियो।

कार्यक्रमका क्रममा ट्रम्पले इरानसँगको युद्ध तथा सैन्य अवस्थाबारे जानकारी दिएका थिए। सोही क्रममा कार्यक्रममा उपस्थित मेस्सीले ताली बजाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको आलोचना सुरु भएको हो।

अमेरिका र इरानबीच बढिरहेको तनावका बेला ट्रम्पसँग भेट्नु र उनको सम्बोधनमा ताली बजाउनु उचित नभएको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले मेस्सीको आलोचना गरेका छन्।

यद्यपि, यस विषयमा मेस्सी वा इन्टर मियामी क्लबले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्