T10 T10

विश्वकपमा भारतपछि नेपालकै समर्थक धेरै हुन्छ :कन्सल्टेन्ट प्रशिक्षक निक पोथास

शुक्रबार, माघ १६, २०८२

काठमाडौँ:नेपाली क्रिकेट टोलीका कन्सल्टेन्ट प्रशिक्षक निक पोथासले नेपाली समर्थक र खेलाडीहरूको खुलेर प्रशंसा गरेका छन्। यो विश्वकपमा भारतपछि सबैभन्दा धेरै समर्थक नेपालकै हुने दाबी उनले गरे।

नेपाली फ्यानहरू साँच्चै अद्भुत रहेको बताउँदै पोथासले स्कटल्यान्ड होस् वा ओमान, जहाँ खेले पनि उनीहरूको समर्थन देखेर आफू अचम्ममा पर्ने गरेको उल्लेख गरे। फ्यानहरूको उपस्थितिले खेलाडीहरूमा सकारात्मक ऊर्जा भर्ने अनुभव उनले सुनाए।

नेपाली खेलाडीबारे बोल्दै पोथासले दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखको नाम विशेष रूपमा लिएका छन्। दिपेन्द्र र कुशललाई मैदानमा हेर्न निकै रमाइलो लाग्ने र आसिफ शान्त स्वभावका साथ निरन्तर काम गरिरहने खेलाडी भएको उनले बताए। सबै खेलाडीको नाम लिन गाह्रो हुने भए पनि यो टोलीका हरेक सदस्यमा नेपाललाई खेल जिताउने क्षमता रहेको दाबी उनले गरे।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्