T10 T10

बंगलादेशले स्कटल्याण्डलाई फराकिलो अन्तरले हरायो

शुक्रबार, माघ १६, २०८२

काठमाडौं:कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा बंगलादेशले स्कटल्याण्डमाथि ९० रनको फराकिलो जित दर्ता गरेको छ। यसअघि नै विश्वकपका लागि छनोट भइसकेको बंगलादेशले जारी प्रतियोगिताकै उच्च स्कोर बनाउने क्रममा निर्धारित २० ओभरमा १ सय ९१ रनको विशाल योगफल तयार पारेको थियो।

बंगलादेशका लागि कप्तान निगर सुल्तानाले ५६ रनको अर्धशतकीय पारी खेलिन् भने शोभना मोस्तारीले ४७ र जुअरिया फरडोसले २२ रनको योगदान दिए। १ सय ९२ रनको कठिन लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय १ रन बनाउन सक्यो। स्कटल्याण्डलाई सस्तैमा समेट्न बंगलादेशकी मारुफा अख्तरले ३ र सोर्ना अख्तरले २ विकेट लिएका थिए।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्