T10 T10

वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिकाले जित्याे शृङ्खला

शुक्रबार, माघ १६, २०८२

काठमाडौँ : वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला घरेलु टोली दक्षिण अफ्रिकाले एक खेलअघि नै जितेको छ। सेन्चुरियनमा हिजो भएको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले शृङ्खला आफ्नो पक्षमा पारेको हो।

वेस्ट इन्डिजले दिएको २ सय २२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर ३ बलमै ३ विकेट गुमाएर पूरा गर्‍यो। दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शानदार १ सय १५ रन बनाए भने रायन रिकेल्टनले अविजित ७७ रनको योगदान दिए। वेस्ट इन्डिजतर्फ अकेल होसेनले २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो। सिमरन हेटमायरले ७५ रन बनाउँदा शेरफेन रदरफोर्डले अविजित ५७ रन जोडे। दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए।

यसअघि भएको पहिलो खेलमा पनि दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले हराएको थियो। शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्