सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :पाकिस्तानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाविरुद्ध सात वर्षपछि ऐतिहासिक जित हात पारेको छ। गएराति लाहोरमा सम्पन्न शृङ्खलाको पहिलो खेलमा घरेलु टोली पाकिस्तानले अस्ट्रेलियालाई २२ रनले पराजित गरेको हो।
समाचार: जितका लागि पाकिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाका लागि क्यारुन ग्रीनले सर्वाधिक ३६ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा टोली हार बेहोर्न बाध्य भयो। अस्ट्रेलियालाई रोक्न पाकिस्तानका सइम अयुब र अब्रार अहमदले समान २–२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। पाकिस्तानका लागि सइम अयुबले आक्रामक ४० रन जोडे भने अस्ट्रेलियाका एडम जम्पाले घातक बलिङ गर्दै ४ विकेट चट्काएका थिए।
पाकिस्तानले टी–२० क्रिकेटमा अस्ट्रेलियालाई सन् २०१८ पछि पहिलो पटक हराएको हो। यसअघि सन् २०१८ मा दुबईमा भएको खेलमा पाकिस्तान ३३ रनले विजयी भएको थियो। यो जितसँगै तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता लिएको छ। शृङ्खलाको दोस्रो खेल भोलि र अन्तिम खेल पर्सि आइतबार हुनेछ।