सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपालले भारतको एमसीए-११ विरुद्ध सहज जित निकालेको छ ।
आईसीसी टी–२० विश्वकप अघिको अभ्यास खेलका लागि भारतमा रहेको नेपालले आफ्नो पहिलो खेलमा एमसीएलाई ७ विकेटले हराउँदै सहज जित दर्ता गरेको हो ।
जितकालागि एमसीएले दिएको १४३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित रहँदै सर्वाधिक ५० रनको योगदान गरे । कुशल भुर्तेलले ३८ , दिपेन्द्र सिं ऐरीले २८ तथा आशिफ शेखले १६ रनको योगदान गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको एमसीएले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको थियो ।