T10 T10

विश्वकप क्रिकेटमा नेपाली टोलीको सानदार क्रेज!

बिहीबार, माघ १५, २०८२
Global

काठमाडौं:- टी- २० विश्वकपमा नेपाली क्रिकेट टोलीको क्रेज यति धेरै देखिएको छ कि टिकट बिक्रीको सूचीमा नेपाल, आयोजक भारतपछि सिधै दोस्रो नम्बरमा आएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार विश्वकपका २० टोलीमध्ये भारतपछि सबैभन्दा बढी माग नेपाली टोलीको खेलका लागि भएको छ। यस पटकको विश्वकपमा आईसीसीले मुम्बईको वाङखेडे स्टेडियमलाई नेपालको खेल मैदान घोषणा गरेको छ।

यसको अर्थ हो, नेपालले आफ्ना सबै समूह चरणका खेलहरू यही ऐतिहासिक मैदानमा खेल्नेछ। मुम्बईमा रहेका नेपाली र नेपालबाटै खेल हेर्न जाने प्रशंसकहरूको ओइरो लाग्ने भएपछि टिकटको लुछाचुडी परेको हो। नेपाली क्रिकेट फ्यानहरू विश्वमै सबैभन्दा प्यासोनेट मानिन्छन्।

मुम्बई नेपालबाट नजिक हुनु र वाङखेडे जस्तो प्रतिष्ठित मैदानमा नेपालले ठूला टोलीसँग खेल्नुले पनि यो उत्साह बढाएको हो। विश्वकप सुरु हुनुअघि नेपालले दुईवटा अभ्यास खेल र दुईवटा वार्म अप म्याच समेत खेल्नेछ, जसले टोलीलाई मुम्बईको पिचमा अभ्यस्त बनाउनेछ।

यो क्रेजले के प्रष्ट पार्छ भने, फेब्रुअरीको दोस्रो साता मुम्बईको वाङखेडे स्टेडियम चन्द्रसूर्य अंकित रातो र नीलो जर्सीले रंगिनेछ र नेपाल ....नेपाल..... को नाराले गुञ्जनेछ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्