सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं: टी–२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतलाई ५० रनले पराजित गरेको छ। बुधबार विशाखापटनममा भएको खेलमा न्युजिल्यान्डले भारतलाई २ सय १६ रनको लक्ष्य दिएको थियो।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाउँदै २ सय १५ रन बनायो। टिम सिफर्टले ३६ बलमा ६२ रनको अर्धशतक बनाए। डेभोन कन्वेले ४४ र ड्यारिल मिचेलले ३९ रन जोडे। भारतका अर्शदीप सिंह र कुलदीप यादवले समान दुई–दुई विकेट लिए।
लक्ष्य पछ्याएको भारतको सुरुवात कमजोर रह्यो। पहिलो बलमै विकेट गुमाएपछि दबाबमा परेको भारत १८ ओभर ४ बलमा १ सय ६५ रनमै अलआउट भयो। शिवम दुबेले २३ बलमा ६५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। रिन्कु सिंहले ३९ रन जोडे।
न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले तीन तथा इश सोधी र जेकब डफीले समान दुई–दुई विकेट लिए।
यो जितसँगै न्युजिल्यान्डले शृङ्खलामा ३–१ को स्थिति बनाएको छ। शृङ्खलाको अन्तिम खेल शनिबार हुनेछ।