सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :वेष्टइण्डिज विरुद्धको पहिलो टी–२० खेलमा दक्षिण अफ्रिका बिजयी भएको छ ।
मंगलवार साँझ भएको खेलमा घरेलु टोलीले पाहुना टोलीलाई ९ विकेटको हार चखाएको हो । जितकालागि वेष्टइण्डिजले प्रस्तुत गरेको १७४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ बल बाँकी छँदै १ विकेट गुमाएर भेट्टायो ।
उसकालागि कप्तान एडन मार्कराले ८६ तथा रियान रिकल्टलनले अविजित ४० रन जोडे । लाउन ड्रे प्रिटोरियसले ४४ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँर्द १७३ रन बनाएको थियो । उसकालागि शिमरोन हेटमायरले सवर्बाधिक ४८ रन जोडे ।