सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आईसीसी टी–२० विश्वकपअघि नेपाली क्रिकेट टोलीले यूएई र क्यानडासँग मात्र वार्मअप खेल खेल्ने भएको छ । विश्वकप तयारीका क्रममा टेस्ट राष्ट्रसँग अभ्यास खेल्ने अपेक्षा भए पनि त्यो सपना यसपटक अधुरै रहने देखिएको छ ।
आईसीसीले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको तालिकाअनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ र क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्नेछ । यूएईविरुद्धको खेल फेब्रुअरी ३ को साँझ ५:१५ बजे सुरु हुनेछ भने क्यानडाविरुद्धको खेल फेब्रुअरी ५ को दिउँसो १:१५ बजे सुरु हुनेछ । दुवै खेल चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा आयोजना हुनेछन् ।
यसअघि नेपाली टोलीले मुम्बईमा एमसीए प्रेसिडेन्ट–११ सँग तीन अभ्यास टी–२० खेल खेल्ने तालिका रहेको छ । तर ती खेलहरू पनि टेस्ट राष्ट्रको राष्ट्रिय टोलीसँग नभएकाले उच्चस्तरीय प्रतिस्पर्धात्मक अनुभव लिन नेपाल वञ्चित हुने भएको छ ।
टी–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । नेपालले फेब्रुअरी ८ मा आफ्नो पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ । त्यसपछि नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग समूह चरणका खेल खेल्ने तालिका छ ।
विश्वकपजस्तो ठूला प्रतियोगिताअघि टेस्ट राष्ट्रसँग अभ्यास खेल्न नपाउनु नेपाली टोलीका लागि चुनौतीपूर्ण मानिएको छ ।