सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर : विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको संयुक्त आयोजनामा माघ १४ देखि १७ गतेसम्म विराटनगर ६ स्थित मेरिलेवन क्रिकेट मैदानमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा टिमको सहभागिता रहने कोशी प्रादेशिक क्रिेकट संघका अध्यक्ष सर्वजित पाण्डेले जानकारी दिए । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको हसभागिता रहने आज आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एलाईट कप प्रतियोगिताले प्रधानमन्त्री कपको तयारीका लागि राम्रो हुने आयोजकको भनाई छ ।
आगामी दिनमा क्यानको बार्षिक क्यालेण्डरमा एलाईट कप प्रतियोगितालाई पनि समेट्नका लागि पहल गरिने अध्यक्ष पाण्डेले बताए । उनले भने,‘ कोशी प्रदेशको खस्किएको शाखलाई फर्काउनका लागि प्रयास भईरहेको छ । ’ पत्रकार सम्मेलनमा सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल (सिपि)ले नयाँ अवधारणा सहित एलाईट कपको आयोजना हुनु गौरवको विषय भएको बताए । उनले प्रतियोगितालाई दीर्घकालिन सम्म लैजानु पर्नेमा जोड दिए । मोरङ अध्यक्ष महमद सादबाबुले एलाईट कपका लागि मोरङको तयारी राम्रो रहेको बताए ।
प्रतियोगिता निरन्तर रुपमा सञ्चालन हुन सके खेलाडीका लागि राम्रो हुने उनले बताए । यसैवीच क्रिकेट खेलको प्रवद्र्धनका लागि कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनवीच सम्झौता भएको छ । सम्झौताले भुइँतहको क्रिकेट विकासमा सहयोग पुग्ने फाउण्डेशनका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए ।
माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ ।
टप गर्ने दुई टिमविच माघ १७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।