नेपाली महिला टोलीको विश्वकप खेल्ने ढोका बन्द

स्कटल्यान्डसंग ७२ रनले पराजित
सोमबार, माघ १२, २०८२

काठमाडौँ :नेपाली महिला टोलीको विश्वकप क्रिकेट खेल्ने ढोका बन्द भएको छ ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसंग ७२ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको हो । जितकालागि स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमा अलआउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो  । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् ।

अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।
 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्