सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली महिला टोलीको विश्वकप क्रिकेट खेल्ने ढोका बन्द भएको छ ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसंग ७२ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको हो । जितकालागि स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमा अलआउट भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् ।
अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।