सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :पाकिस्तानले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। टोलीको कप्तानी सलमान अली आघाले सम्हाल्नेछन्। सन् २००९ मा उपाधि जितिसकेको पाकिस्तान दोस्रो पटक विश्वकप जित्ने लक्ष्यसहित प्रतियोगितामा उत्रन लागेको हो।
घोषित टोलीमा बाबर आजम, शाहिन शाह अफ्रिदी र नसीम शाह जस्ता अनुभवी खेलाडी समावेश छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका बाबर आजमबाट ब्याटिङ लाइनअपलाई मजबुती दिने अपेक्षा गरिएको छ।
बलिङ आक्रमणको जिम्मेवारी शाहिन अफ्रिदी र नसीम शाहको काँधमा रहनेछ। हारिस रउफ टोलीमा नपरेपछि तीव्र गतिका बलरको भूमिकामा यी दुई प्रमुख रहनेछन्। अलराउन्डरका रूपमा फहिम अशरफ, शादाब खान र मोहम्मद नवाजले टोलीलाई सन्तुलन दिनेछन्।
पाकिस्तान समूह ‘ए’ मा परेको छ, जहाँ सह–आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारतसँगै नेदरल्यान्ड्स, अमेरिका र नामिबिया रहेका छन्। पाकिस्तानले फेब्रुअरी ७ मा कोलम्बोमा नेदरल्यान्ड्सविरुद्ध पहिलो खेल खेल्नेछ। त्यसपछि क्रमशः अमेरिका, भारत र नामिबियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।