सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :उप–कप्तान पूजा महतोको अर्धशतकको मद्दतमा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हात पारेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गर्यो। १३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा चार विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा पूजा महतोले ५० बलमा चार चौका र दुई छक्कासहित अविजित ५२ रन बनाइन्।
कप्तान इन्दु वर्माले २२, विन्दु रावलले १५ र सीता रानामगरले ११ रन जोडिन्। यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।
केली एन्डलोभुले अविजित ५२ रन बनाइन् भने विलोभ्ड बिजाले ३४ रन जोडिन्। नेपालका लागि रिया शर्माले दुई विकेट लिइन्। कविता कुंवर, पूजा महतो, सीता रानामगर र रुवीना क्षेत्रीले समान एक–एक विकेट लिए।
समूह ‘बी’ को अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेल्नेछ। दोस्रो चरण पुग्न नेपाललाई उक्त खेलमा ठूलो अन्तरको जित आवश्यक छ।