सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौ:न्युजिल्यान्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा भारतले शक्तिशाली प्रदर्शन गर्दै ७ विकेटको शानदार जित निकालेको छ। रायपुरमा गएराति सम्पन्न खेलमा २०९ रनको विशाल लक्ष्य भारतले केवल १५ ओभर २ बलमै भेट्टाउँदै शृङ्खलामा पकड झन् बलियो बनाएको हो।
भारतको जितमा इशान किशन र सूर्यकुमार यादव चम्किए। किशनले आक्रामक ७६ रन बनाए भने सूर्यकुमारले विस्फोटक ब्याटिङ गर्दै ८२ रन अविजित रहे। शिवम दुबेले पनि उपयोगी ३६ रन जोड्दै रनचेजलाई सहज बनाए।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। रचिन रवीन्द्रले ४४ रन बनाउँदा कप्तान मिचेल स्यान्टनरले ४७ रन अविजित रहँदै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। तर बलिङतर्फ न्युजिल्यान्डले भारतीय ब्याटरलाई थाम्न सकेन।
यो जितसँगै पाँच खेलको टी–२० शृङ्खलामा भारत २–० ले अगाडि छ। यसअघि पहिलो खेलमा पनि भारतले ४८ रनको फराकिलो जित निकालेको थियो। शृङ्खलाको तेस्रो खेल भोलि गुवाहाटीमा हुनेछ, जहाँ न्युजिल्यान्डका लागि जित गर या मरो को अवस्थामा पुगेको छ।