T10 T10

विराटनगर क्रिकेट लिग:लायनको पहिलो जित

शुक्रबार, माघ ९, २०८२
Global

विराटनगर :नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको लिगको अन्तिम खेलमा लायन क्रिकेट एकेडेमि विजयी भएको छन् ।

शुक्रबार  भएको समुह 'बी'को अन्तिम लिग खेलमा लायनले डाइनामिक क्रिकेट एकेडमिलाई ७ विकेटले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको छ ।

टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार पारेको थियो । डाइनामिककालागि सागर मोचीले ३५ रन जोड्दा रितेश माझीले ३० रन, विवेक झाले २४ रन  र रोशन कामत १२ रन जोडे । लायनका सुवास मण्डल, सन्दिप ढकाल, गौरभ कटवाल र यथार्थ बचन यादवले १–१ विकेट लिए ।

जवाफमा १ सय २२ रनको लक्ष्य पाएको लायनले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई  सो लक्ष्य पार गरेको थियो । लायनका निरज ठाकुरले ४२ रन जोड्दा सकिव हकले ३१ रन र रुद्रप्रताप साहले अविजित १२ रनको योगदान दिए । डाइनामिकका  सुवास राँय र एसएस झाले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच लायनका सकिव हक घोषित भए ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्