सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौँ :पाकिस्तानले यसै महिनामा हुने अष्ट्रेलियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि अनुभवी खेलाडी बाबर आजम र शाहिन शाह अफ्रिदीलाई टोलीमा पुनः समेटेको छ। राष्ट्रिय छनोट समितिले शुक्रबार १६ सदस्यीय टोली सार्वजनिक गरेको हो।
यसअघि श्रीलङ्काविरुद्धको तीन खेलको टी–२० सिरिजमा बाबर र शाहिन टोलीबाट बाहिर थिए, सो सिरिजमार्फत अलराउन्डर शादाब खानले कमब्याक गरेका थिए। अब शादाबसँगै अबरार अहमद, मोहम्मद नवाज र उस्मान तारिक मिलेर बलियो स्पिन आक्रमण तयार हुने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ।
अष्ट्रेलियाविरुद्धका तीनवटै टी–२० खेल लाहोरको गद्दाफी स्टेडियममा जनवरी २९, ३१ र फेब्रुअरी १ मा हुनेछन्। सबै खेल नेपाली समयअनुसार साँझ करिब ४ बजे (पीकेटी) सुरु हुनेछन्।
पीसीबीका अनुसार पाकिस्तान टोली र सहयोगी स्टाफ जनवरी २४ मा लाहोरमा भेला हुनेछन् र त्यसको भोलिपल्टबाट सिरिजको तयारी थाल्नेछन्। अष्ट्रेलियाली टोली भने जनवरी २८ मा पाकिस्तान पुग्नेछ। यो पाकिस्तान भूमिमा अष्ट्रेलियाले खेल्ने दोस्रो टी–२० सिरिज हो। यसअघि सन् २०२२ अप्रिलमा गद्दाफी स्टेडियममै एक मात्र टी–२० खेल भएको थियो।
यसैबीच, बाबर आजमले राष्ट्रिय टोलीको क्याम्पका लागि बोलाइएपछि अस्ट्रेलियाको बिग ब्यास लिगका बाँकी खेलहरू नखेल्ने घोषणा गरेका छन्।
पाकिस्तानको १६ सदस्यीय टोली
सलमान अली आघा (कप्तान), अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, ख्वाजा मोहम्मद नफाय (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, मोहम्मद वासिम जुनियर, नसीम शाह, साहिबजादा फरहान (विकेटकिपर), साइम अयुब, शाहिन शाह अफ्रिदी, शादाब खान, उस्मान खान (विकेटकिपर) र उस्मान तारिक।
सहयोगी स्टाफ
नवीद अकरम चीमा (टिम म्यानेजर), माइक हेसन (मुख्य प्रशिक्षक), एश्ले नोफ्के (बलिङ प्रशिक्षक), शेन म्याकडरमट (फिल्डिङ प्रशिक्षक), हनिफ मलिक (ब्याटिङ प्रशिक्षक), क्लिफ डिकन (फिजियोथेरापिस्ट), ग्रान्ट लुडेन (स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच), तल्हा एजाज (परफर्मेन्स एनालिस्ट), सैयद नइम अहमद (मिडिया म्यानेजर), ले. कर्नेल (अव.) उस्मान अनवरी (सुरक्षा प्रमुख), डा. वाजिद अली रफाइ (टिम डाक्टर), डा. राहिल करिम (मनोचिकित्सक) र मोहम्मद एहसान (मसाजर)।
सिरिज तालिका (गद्दाफी स्टेडियम, लाहोर)
• पहिलो टी–२०: बिहीबार, जनवरी २९ • दोस्रो टी–२०: शनिबार, जनवरी ३१ • तेस्रो टी–२०: आइतबार, फेब्रुअरी १