सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौँ :नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले आज शुक्रबार बंगलादेश प्रिमियर लिग (बीपिएल) को उपाधिका लागि चट्टोग्राम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ।
मिरपुरस्थित शेर–ए–बाङ्ग्ला राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल खेल साँझ पौने ६ बजे सुरु हुनेछ। राजशाही वारियर्स पहिलो क्वालिफायरमा चट्टोग्रामसँग बेहोरेको हारको बदला लिँदै पहिलोपटक उपाधि उचाल्ने लक्ष्यमा छ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको राजशाही अंक तालिकाको शीर्ष स्थानमा रहँदा चट्टोग्राम दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका थिए। सो खेलमा चट्टोग्रामले राजशाहीलाई ६ विकेटले पराजित गर्दै सिधै फाइनल यात्रा तय गरेको थियो।
पहिलो क्वालिफायरमा पराजित भएपछि राजशाहीले दोस्रो क्वालिफायरमा सेलहेट टाइटन्सलाई १२ रनले हराउँदै फाइनल प्रवेश गर्न सफल भएको हो।
लिग चरणमा दुवै टोलीबीच भएका दुई खेलमा नतिजा बराबरी रह्यो। पहिलो भेटमा चट्टोग्राम २ विकेटले विजयी हुँदा दोस्रो खेलमा राजशाहीले ३ विकेटको रोमाञ्चक जित निकालेको थियो।
आजको फाइनलमा यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।