सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आईसीसी महिला विश्वकप छनोट प्रतियोगितामा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।
खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको पराजय बेहोरेको थियो। उक्त खेलमा नेपालले दिएको लक्ष्य थाइल्यान्डले सहजै पूरा गरेको थियो।
पहिलो खेलमा हार बेहोरे पनि नेदरल्यान्ड्सविरुद्धको खेलमा जित निकाल्दै नेपाल प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा रहेको छ।