T10 T10

आइसीसीले भन्यो बंगलादेशको खेल भारतमै हुन्छ कुनै सुरक्षा खतरा छैन

बुधबार, माघ ७, २०८२
Global

काठमाडौं :आईसीसीले टी–२० विश्वकपमा भारतबाहिर खेल गराउन बंगलादेशले गरेको अपिल अस्वीकार गरेको छ। आईसीसीले जारी गरेको विज्ञप्तिमा विश्वकपका खेलहरू पूर्वनिर्धारित स्थलमै हुने स्पष्ट पारेको छ।

भारत–बंगलादेशबीच देखिएको तनावलाई कारण देखाउँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षा चिन्ताका आधारमा आफ्ना खेल भारतबाट अन्यत्र सार्न माग गरेको थियो। तर, आईसीसीले सबै सुरक्षा मूल्याङ्कन तथा स्वतन्त्र समीक्षापछि भारतका कुनै पनि प्रतियोगिता स्थलमा बंगलादेशी खेलाडी, अधिकारी, सञ्चारकर्मी र समर्थकहरूको सुरक्षामा खतरा नरहेको निष्कर्ष निकालेको जनाएको छ।

आईसीसीका अनुसार प्रतियोगिता सुरु हुन अत्यन्त नजिकको समयमा तालिका परिवर्तन गर्नु व्यवहारिक छैन। साथै, विश्वसनीय सुरक्षा जोखिम नहुँदा पनि खेल सारिए भविष्यका आईसीसी प्रतियोगितामा गलत नजिर बस्ने चेतावनी पनि दिइएको छ।

आईसीसीले यो गतिरोध अन्त्य गर्न बीसीबीसँग पटक–पटक संवाद र बैठक गरेको र संघीय तथा राज्यस्तरीय सुरक्षासहितको विस्तृत सुरक्षा योजना उपलब्ध गराएको जनाएको छ।

आईसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा आयोजना हुँदैछ। आईसीसीको निर्णयसँगै बंगलादेशका खेलहरू भारतमै हुने निश्चित भएको छ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्