T10 T10

एन्फाले पारित गर्‍यो १ अर्ब बढीको बजेट

बुधबार, पुस ३०, २०८२
Global

काठमाडौँ:अखिल नेपाल फुटबल संघ (एन्फा)ले लेखा परीक्षण प्रतिवेदन स्वीकृत गर्दै आगामी वर्षको बजेट अनुमोदन गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न कार्यसमिति बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै सन् २०२६ का लागि वार्षिक बजेट पनि स्वीकृत गरेको हो।

बैठकबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बराबरको बजेट अनुमोदन गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

स्वीकृत बजेट राष्ट्रिय तथा प्रदेशस्तरमा फुटबल पूर्वाधार विस्तार, विभिन्न प्रतियोगिताको आयोजना र खेल विकाससम्बन्धी कार्यक्रमलाई केन्द्रमा राखेर खर्च गरिने एन्फाले जनाएको छ।

यसैबीच, एन्फाले आगामी माघ २८ गतेका लागि संघको निर्वाचन गर्ने मिति समेत सार्वजनिक गरेको छ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्