सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राष्ट्रिय लिग फुटबल बुधबारदेखि सुरु हुँदैछ।
दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्। राष्ट्रिय लिगमा यसपटक १७ क्लबको सहभागिता रहनेछ। प्रतियोगिता सुरु हुनु अघि आयोजित पत्रकार सम्मेलनमा सबै टोलीका प्रशिक्षक र कप्तानले लिगमा प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्।
तीन वर्षदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको एन्फाले यसपटक सिंगल राउन्ड रोबिनको आधारमा राष्ट्रिय लिग सञ्चालन गर्न लागेको हो। लिगका खेलहरू दशरथ रङ्गशाला, सातदोबाटोस्थित एन्फा मैदान र च्यासल मैदानमा खेलाइनेछन्।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक ‘ए’ डिभिजनका १३ टोलीसहित मोफसलका लालिगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।