सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :स्पेनिस जायन्ट रियल मड्रिडले मुख्य प्रशिक्षक जाभी अलोन्सोसँगको सहकार्य अन्त्य गरेको छ।
क्लबको नेतृत्व अब ‘बी’ टोलीका प्रशिक्षक अल्भारो अर्बेलोलाले सम्हाल्नेछन्। सोमबार सार्वजनिक विज्ञप्तिअनुसार अलोन्सो आपसी सहमतिमा जिम्मेवारीबाट बाहिरिएका हुन्। स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग ३–२ को हार भोगेको भोलिपल्ट यो निर्णय सार्वजनिक गरिएको हो। क्लबले अलोन्सोको योगदानप्रति सम्मान व्यक्त गर्दै उनलाई रियल मड्रिडका लिजेन्डको रूपमा सदैव सम्झिने उल्लेख गरेको छ।
पूर्व मिडफिल्डर अलोन्सोले गत सिजन जर्मन क्लब बायर लिभरकुसेन छाडेर रियलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।