T10 T10

त्रिवेणी कप फुटबलकाे उपाधि एपीएफलाई

मंगलबार, पुस २२, २०८२
Global

बेसिशहर:त्रिवेणी कप फुटबलकाे उपाधि एपिएफ क्लबले हात पारेको छ। बेसिसहरस्थित त्रिवेणी रंगशालामा सम्पन्न फाइनल खेलमा एपिएफले घरेलु टोली नाल्माको लाङ्दीदेवी एफसीलाई २–० गोलले पराजित गर्दै उपाधि रक्षा गर्‍यो।
एपिएफको जितमा युवराज खड्का र प्रदीप लामा गोलकर्ता बने। खेलको ७७औँ मिनेटमा युवराजले अग्रता दिलाएका थिए भने ८२औँ मिनेटमा प्रदीपले निर्णायक गोल थपे। उत्कृष्ट प्रदर्शन गरेका युवराज ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए।
सात वर्षपछि प्रतियोगितामा फर्किएको एपिएफलाई मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पहिलो सहभागितामै उपाधि दिलाउन सफल भए।
उपाधिसँगै एपिएफले १२ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता नाल्माले ६ लाख रुपैयाँमा चित्त बुझायो।
विधागत पुरस्कारमा पनि एपिएफकै दबदबा रह्यो। सन्तोष खत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए। एन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर बन्दा प्रदीप लामा र समीर थोकर समान ३–३ गोलसहित सर्वाधिक गोलकर्ता बने। उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्