T10 T10

त्रिभुवन आर्मी एनभिए भलिबलको क्वार्टरफाइनलमा

सोमबार, पुस १४, २०८२

काठमाडौं :नवौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। सोमबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई २५–१९, २५–२१ र २५–२१ ले सोझो सेटमा हरायो।

यस्तै, समूह ‘सी’ मा रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्‍यो।

प्रतियोगिताको चौथो दिन चार खेल आयोजना हुँदैछन्। महिलातर्फ आर्मी र न्यु डायमन्डबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ भने सुदूरपश्चिम र मधेश प्रदेश पहिलो जितको खोजीमा भिड्नेछन्।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्