एनभीए क्लब भलिबल: हेल्प नेपालको विजयी सुरुआत

शुक्रबार, पुस ११, २०८२
Global

काठमाडौँ :साबिक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ जितसँगै सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार भएको उद्घाटन खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। यससँगै समूह ‘ए’मा रहेको हेल्प नेपालले ३ अंक जोडेको छ।

प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट पनि २५–२० ले जित्दै आफ्नो च्याम्पियन छबी देखाएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्