साफ महिला क्लब च्याम्पियनसिप

एपिएफलाई स्तब्ध पार्दै इस्ट बंगाले जित्यो उपाधि

शनिबार, पुस ५, २०८२

काठमाडौँ :घरेलु टोली एपीएफ एफसीलाई स्तब्ध पार्दै साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतीय टोली इस्ट बंगालले हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आज साँझ भएको फाइनलमा नेपालको एपिएफmलाई ३–० गोल अन्तरले पराजित गर्दै इस्ट बंगालले उपाधि आफ्नो पोल्टामा पारेको हो । पहिलो हाफमा २–० ले पछि परेको एपीएफले दोस्रो हाफमा थप १ गोल खाएको थियो ।

इस्ट बंगालको जितमा कप्तान फजिला इक्वापिटले २ तथा शिल्की देवी हेमानले एक गोल गरिन् । उपाधिसंगै इस्ट बंगालले १० हजार डलर पुरस्कार हात पारेको छ । उपविजेता एपिएफले ५ हजार अमेरिकी डलरमा चित्त बुझाएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ साफले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ देशका लिग विजेता महिला टोलीले सहभागीता जनाएका थिए ।
 

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्